नियम १०
संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को गठन
(१) कञ्चनजङ्घा संरक्षण क्षेत्रको संरक्षण तथा व्यवस्थापनको लागि देहायबमोजिमको एक कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्  गठन हुनेछः–
(क) संरक्षण क्षेत्रभित्रका उपभोक्ता समितिका अध्यक्षहरू –सदस्य
(ख) समितिमा आमा वा महिला समूहबाट प्रतिनिधित्व गरिरहेका महिला सदस्यले प्रत्येक गाउँ विकास समितिबाट एकएक जनाको प्रतिनिधित्व हुने गरी आफुहरूमध्येबाट छानेका चार जना –सदस्य
(ग) समितिमा सामुदायिक वन उपभोक्ता समूहको तर्फबाट प्रतिनिधित्व गरिरहेका सदस्यमध्येबाट एक जना –सदस्य
(घ) संरक्षण क्षेत्रभित्रका गाउँ विकास समितिहरूको प्रतिनिधित्व गर्ने जिल्ला विकास समितिका प्रतिनिधि एक जना –सदस्य
(ङ) समितिभित्रका पिछडिएका वर्ग, जाति वा सामाजिक कार्यकर्ताहरूमध्येबाट अध्यक्षले तोकेको एकजना –सदस्य
(च) संरक्षणको लागि उल्लेखनीय योगदान पुरयाएका वा निर्वाह गरेका संरक्षण क्षेत्रभित्रका व्यक्तिहरूमध्येबाट अध्यक्षले मनोनीत गरेको एक जना –सदस्य
(२) परिषद्ले उपनियम (१) को खण्ड (क), (ख), (ग) र (ङ) का सदस्यमध्येबाट एक जना अध्यक्ष, एकजना सदस्य सचिव र एक जना कोषाध्यक्षको छनौट गर्नेछ । छनौट प्रक्रिया परिषद् स्वयमले निर्धारण गरे बमोजिम हुनेछ ।
(३) उपनियम (१) बमोजिम गठित परिषद्ले परिषद् दर्ताको लागि अनुसूची–३  बमोजिमको ढाँचामा विभागसमक्ष निवेदन दिनु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम निवेदन दिएमा विभागले आवश्यक छानविन गरी परिषद् दर्ता गर्न उपयुक्त देखेमा परिषद्को दर्ता गरी अनुसूची–४ बमोजिमको ढाँचामा प्रमाणपत्र दिनु पर्नेछ ।